कारोबार


विश्वकै ठूलो पर्यटन मेला बेलायतमा, नेपाल पनि सहभागी

विश्वकै ठूलो पर्यटन मेला बेलायतमा, नेपाल पनि सहभागी

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १४:४, काठमाडौँ

विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड ट्राभल मार्केट २०२२’ बेलायतमा सम्पन्न भएको छ। 

पर्यटन बोर्डले कोभिड—१९ को महामारीपछि आयोजना गरिएको यो डब्युटीएममा नेपालको सहभागिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने जनाएको छ। 

डब्युटीएममा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नेपालका विभिन्न २४ वटा पर्यटन कम्पनीको सहभागिता रहेको थियो ।  

डब्युटीएममा रहेको नेपालको स्टलको कार्तिक २१ गते बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उद्घाटन गरेका थिए। 

राजदूत आचार्यले नेपाल स्टलमा रहेको प्रत्येक सहभागी कम्पनीको निरीक्षण भ्रमण गर्नुका साथै सहभागी सबै कम्पनीहरूलाई नेपालको प्रवद्र्धनमा आफ्नो प्रयास गर्न प्रोत्साहित गरे। 

यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले मेला उत्साहपूर्वक सम्पन्न भएको र यसले कोभिडपछिको नेपालको पर्यटन प्रर्वद्धनमा सकारात्मक भूमिका खेल्ने बताए। ।

‘नेपाल कोभिडपछि पनि विभिन्न खालका कार्यक्रमहरुमा सहभागी भएको छ । यद्यपी यो मार्ट अरुभन्दा फरक भएको अवस्थामा नेपालको सहभागीताले नेपाली व्यवसायीहरुले निजी क्षेत्रका  पुराना व्यावसायिक सम्पर्कहरू नवीकरण गर्ने र नयाँ व्यापार साझेदारी स्थापना गर्ने अवसर पाएका छन् । यसले नेपालको पर्यटनलाई पुनःलयमा फर्काउन सहयोग पुग्ने विश्वास छ’, उनले भने। 

डब्युटीएममा विश्वभरका सबै प्रकारका पर्यटन आपूर्तिकर्ता र राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन संगठनहरू,पर्यटन मन्त्रालयहरू, प्राधिकरणहरू, ट्राभल एजेन्टहरू, टुर अपरेटरहरू, होटल व्यवसायीहरू, ट्राभल टेक कम्पनीहरू, यातायात अपरेटरहरू, एयरलाइनरहरू, साहसिक खेलकुद कम्पनीहरू, सञ्चारमाध्यमहरू, ट्राभल इन्फ्लुएन्सरहरू, ब्लगरहरू, पर्यटन बजारपरामर्शदाताहरू, पर्यटन विज्ञहरू, शिक्षाविद्हरू, व्यवसायीहरूले आ–आफ्ना पर्यटन उत्पादनहरू प्रदर्शन गरी शोमा उत्साहपूर्वक भाग लिएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad