राजनीति


तँछाडमछाड गरेका हामी कांग्रेस–माओवादी मिलेर मात्रै शान्ति आउँछ : प्रचण्ड

‘गोरखाबाट एभरेजभन्दा बढी मतान्तरले जितेर देशैभर सन्देश दिनुछ’
तँछाडमछाड गरेका हामी कांग्रेस–माओवादी मिलेर मात्रै शान्ति आउँछ : प्रचण्ड

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार ९:४१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा सरदरभन्दा बढी मतान्तरले जित्नपर्ने बताएका छन्। साथै, गोरखाले बलियो सन्देश दिएर सरकार बनाउन जानपर्ने प्रचण्डले बताए।

‘गोरखाबाट सामान्य मतले जितेर पुग्दैन, एभरेजभन्दा बढी मतले जितेर यहाँबाट सिंगो देशलाई नै सन्देश दिनेपर्ने छ’ गोरखाको सिरानचोक–८ जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने।

गोरखामा विकास निर्माणको काम गरेर सिंगो देशलाई नै देखाउने अभियानमा आफू रहेको प्रचण्डले बताए। उनले भने, ‘यो तपाईंहरुको सेवा गर्ने चुनौतीको रुपमा मैले लिएको छु।’

उनले कांग्रेस र माओवादी आमने सामने भएकै कारण मिलेको पनि बताए। ‘नेपाली कांग्रेस र माओवादी हिजो युद्धको बेलामा आमने सामने शक्ति, हिजो चुनावमा पनि तछाडमछाड गरेको शक्ति, मिलेको चाहीँ कतिपयलाई नमिलेको जस्तो भएको छ,’ प्रचण्डले भने, ‘झगडा गरेको चाहीँ मिलेको जस्तो लाग्ने भएको पनि थियो। तर, आपसमा लडेकाहरु मात्रै मिलेको राम्रो हुन्छ। लडेकाहरु मिलेपछि मात्रै शान्ति हुने हो।’

विकास र गतिबीचको सम्बन्ध उल्लेख गर्दै प्रचण्डले कांग्रेस र माओवादी मिलेकै कारण संघीय गणतन्त्र स्थापना भएको उल्लेख गरे। 

आगामी ४ मंसिरमा जनमत संग्रह हुँदै गरेको प्रचण्डले बताए। ‘मंसिर ४ गते जनमत संग्रह हुँदैछ। एकथरी मान्छेहरु राजतन्त्र ल्याउनपर्छ भन्नेहरु पनि छन्,’ प्रचण्डले भने, ‘मंसिर ४ गते एकातिरबाट राष्ट्र, शान्ति, विकास र समृद्धिलाई नेतृत्व गर्न चाहने गठबन्धन छ भने अर्कोतिर देशलाई अँध्यरो सुरुङतिर लान चाहने शक्ति लागेको छ।’

सहमति, सहकार्य र एकता आजको आवश्यक्ता भएको प्रचण्डको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad