मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभामा नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ।
बेलबारी नगरपालिका-८ निवासी लिम्बूले बिहीबारै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका छन्। लिम्बू
उनी कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् नेविसंघ मोरङका पूर्व सभापति पनि हुन्।
उक्त क्षेत्रबाट चुनावी मैदानमा रहेका शेखरचन्द्र थापाको डेंगु र निमोनियाका कारण बुधबार निधन भएको थियो।
प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थापाको निधनपछि निर्वाचन आयोगले मंसिर ४ मै निर्वाचन गर्ने गरी कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयन समय बिहीबारका लागि दिएको थियो।
लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराइसकेका छन्। उम्मेदवारी परेपछि अब उनी र एमालेका दिलीप राईबीच प्रदेशसभाका लागि भिडन्त हुने भएको छ।

कार्यकर्ता आन्दोलित
कांग्रेसका कार्यकर्ताहरुले प्रदेशसभा सदस्यको टिकट लिम्बूलाई दिएको भन्दै नाराबाजी थालेका हुन्।
प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थापाको निधन भएपछि पार्टीले लिम्बूलाई टिकट दिएको हो।
तर त्यसको विरोधमा निर्वाचन अधिकृतको कार्यालय बेलाबारी घेरेर कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गरेका हुन्।
उनीहरुले थापाकी श्रीमतीलाई टिकट दिनुपर्ने माग गरेका छन्। थापाकी श्रीमती लक्ष्मीले टिकट नपाउन्जेल आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन्।
तर लिम्बुको मननयन दर्ता भइसकेको छ। लक्ष्मीले टिकट पाए मन्त्री थापाको आत्माले शान्ति पाउने र सम्मान हुने उनीहरुको तर्क छ।
असोज २४ गते डेंगु पुष्टि भएका थापाको बुधबार बिहान १० बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो।
थापा सत्ता गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका थिए। असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै थापा बिरामी थिए।
उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा १७ दिन आईसीयू र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो।
थापालाई क्याप्सिका निमोनिया भएको थियो। उनलाई गत सोमबार बेड रेस्टका लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो।
Shares

प्रतिक्रिया