नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अन्तर्वार्ताका क्रममा आफूबारे टिप्पणी गरेपछि सोही पार्टीका नेता भीम रावलले प्रश्नै प्रश्न तेर्स्याएका छन्।
ऋषि धमलासँगको अन्तर्वार्तामा भट्टले आफूलाई नेतृत्वसँग कुरा नगरेको, विधि र पद्धति नमानेको लगायत आरोप लगाएपछि रावलले बुधबार सामाजिक सञ्जालमार्फत प्रश्न तथा टिप्पणी गरेका हुन्।
रावलले भट्टलाई ९ बुँदामा विभिन्न प्रश्न गरेका छन्।
प्रश्नैप्रश्नपछि अन्त्यमा रावलले भनेका छन्, ‘हेक्का रहोस्, म जुन बेलादेखि कम्युनिस्ट पार्टीमा लागेँ, निरन्तर त्यसको रक्षा, विकास र एकताका लागि प्रयत्नशील रहेँ र अहिले पनि त्यसै गरिरहेको छु। सबैले आआफ्नो पृष्ठभूमि र कामको स्मरण गर्नु उपयुक्त हुन्छ।’
हेर्नुहाेस् भीम रावलका प्रश्न तथा टिप्पणी
— Bhim Rawal, PhD (@BhimRawal179) November 9, 2022लेखराजजीकाे अन्तरवार्तामा म सम्बन्धी कुराबारे मेराे टिप्पणिः pic.twitter.com/CQZqsk5oQt
Shares

प्रतिक्रिया