राजनीति


केपी ओलीले पश्‍चाताप नगरी, माफी नमागी भोट माग्ने अधिकार छैन : प्रचण्ड

केपी ओलीले पश्‍चाताप नगरी, माफी नमागी भोट माग्ने अधिकार छैन : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १५:४०, काठमाडौँ

नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ मा बनाइएको वाम गठबन्धन र पार्टी एकता केपी शर्मा ओलीका कारण गुमेको बताएका छन्। 

कालिकोटमा मंगलबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'राम्रो गर्लान् भनेर एउटा कम्युनिष्ट प्रधानमन्त्रीलाई अघि सारेका थियौँ। तर केपी ओलीले गणतन्त्र अपहरण गरे, महिला र दलितको अधिकार खोसे', उनले भने, 'त्यही संघर्षको बीचबाट यो गठबन्धन बनेको हो। अर्को गठबन्धनका नेता यहाँ आउँदैछन् भन्ने सुनेको छु। हिजो दुईतिहाइको सरकार हुँदा र एउटा बलियो कम्युनिष्ट पार्टी हुँदा त्यसलाई कसले धुजाधुजा बनायो? प्रश्न गर्नु होला।'

उनले ओलीले राजनीतिक मूल्य मान्यता गुमाइसकेको भन्दै भोट माग्ने अधिकार नरहेको उल्लेख गरे। 'राजनीतिक नैतिकता र मूल्यमान्यता गुमाएपछि फेरि मलाई भोट दिनुस् भन्न सुहाउँदैन', उनले भने, 'न कुनै पश्चाताप न कुनै आलोचना र क्षमायाचना नै भएको छ। ओलीले मबाट ठूलो गल्ती भयो। संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने प्रयास गरेँ माफ पाऊँ भन्नुपर्छ।'

उनले अहिले ओली मैले जे गरे पनि ठीकै थियो भन्दै भोट माग्दै हिँडेको बताए। 'त्यो भन्दा लज्जास्पद अरु हुन सक्दैन', उनले भने, 'गठबन्धन हारेमा जनता पनि हार्छन्, त्यसैले गठबन्धनलाई बहुमत दिएर जिताउनु होला।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad