ad ad

राजनीति


भोट माग्दै हिँडेका पूर्वमन्त्री विरोध खतिवडा कुटिए

भोट माग्दै हिँडेका पूर्वमन्त्री विरोध खतिवडा कुटिए

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १५:५१, काठमाडौँ

मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालाई चुनाव प्रचारकै क्रममा एकजना स्थानीयले आक्रमण गरेका छन्। 

चुनाव प्रचारका क्रममा नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका खतिवडालाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयबासी पुरुषोत्तम खड्काले झापड हानेका हुन्। 

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-४ मा भोट माग्न पुगेका खतिवडा गाडीबाट ओर्लिनेबित्तिकै करिब ५० वर्षीय खड्काले दुई झापड हानेका हुन्। 

प्रहरी उच्च स्रोतका अनुसार चुनावी अभियानका क्रममा जाँदा खतिवडामाथि कुटपिटमा संलग्न खड्कालाई नियन्त्रणमा लिइएको छ।

मकवानपुर २ मा खतिवडाको प्रतिस्पर्धा नेकपा एमालेका महेश बर्तौलासँग हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .