डडेल्धुरामा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा सागर ढकालले आफूलाई स्थानीय प्रशासनले चुनाव प्रचार गर्न नदिएको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव प्रचारलाई तीव्र बनाइरहेका बेला आफूलाई भने धरानमा मेयर जितेका हर्क साम्पाङको शैलीमा माइकिङ गर्न पनि नदिएको उनले बताएका छन्।
ढकालले आफ्नो निर्वाचन प्रचारमा अंकुश लगाइएको गुनासो गर्दै जोगाइदिन अपिल गरेका छन्।
'मलाई जोगाइदिनुस्-जनता गुहार्नु बाहेक केही बाँकी रहेन', उनले भनेका छन्, 'सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ।'
ढकालले कांग्रेस सभापति समेत रहेका देउवाले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा पनि प्रशासनले आँखा चिम्लिएको बताएका छन्।
'शेरबहादुर देउवाले नियम मिच्दा पनि आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरि माइकिङ गर्न पनि दिएको छैन', उनले भनेका छन्, 'मलाइ रोकेको छ।'
केही दिनअघि देउवा डडेल्धुरा पुग्दा ढकाल उनको स्वागतमै उभिएका थिए। त्यस्तै अमरगढीमा भएको कांग्रेसको चुनावी सभामा पनि पुगेर देउवाको भाषण सुनेका थिए।
Shares

प्रतिक्रिया