राजनीति


एमाले नेतृत्वको गठबन्धन भ्रष्टाचारीहरुको हो : देव गुरुङ

एमाले नेतृत्वको गठबन्धन भ्रष्टाचारीहरुको हो : देव गुरुङ

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १५:२४, लमजुङ

लमजुङमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका उमेदवार देवप्रसाद गुरुङले एमालेले भ्रटचारीहरू मिलाएर गठबन्धन बनाएको आरोप लगाएका छन्।

उनले एमालेले मुलुकलाई गम्भीर संकटको दिशामा लान लागेकाले आफूहरूले पाँच दलीय गठबन्धन बनाउनुपरेको दाबी गरेका छन्।

लोकतान्त्रिक-वाम गठबन्धन राईनासको आइतबार भएको संयुक्त कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुङले सो कुरा बताएका हुन् ।

नेकपा माआवादी केन्द्रका महासचिवसमेत रहेका गुरुङले देश संकटमा परेकाले लोकतान्त्रिक-वाम गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह पनि गरेका छन्।

एकातिर पाँच दलको लोकतान्त्रिक वाम गठबन्धन र अर्कोतर्फ एमालेले साना दलहरूलाई लिएर चुनावी मैदानमा आएको उल्लेख गर्दै गुरुङले सर्वसाधारणले देश बचाउने र संकटको अवस्थाबाट मुक्त गराउन मत दिनुपर्ने अवस्था आएको बताए ।

एमालेले कन्स्परेसी अर्थात षडयन्त्रको सिद्धान्तलाई अंगालेकोले त्यसबाट मुक्त हुन गठबन्धनलाई मत दिनुपर्ने उनले बताए।

एमालेले राणाकाल, राजतन्त्र आदिमा सत्ता कब्जा गर्न अपनाइएको सिद्धान्त षडयन्त्रको सिद्धान्तलाई अंगिकार गरेकोले त्यस्ता सिद्धान्त अहिलेको लोकतन्त्रमा नसुहाउने उनले बताए।

लोकतन्त्रात्मक व्यवस्थामा पनि षडयन्त्र र द्वैध चरित्रको सिद्धान्त लिएर एमाले चुनावी माहोलमा सर्वसाधारणमा भ्रम छर्न थालेको बताउँदै गुरुङले त्यसलाई बुझ्न र परास्त गर्न आवश्यक रहेको बताए।

राजनीतिमा अलिकति पनि इमान्दारीता नभएको र  भ्रष्टाचारी चरित्रलाई अंगालेको एमालेले विकास गर्न नसक्ने भन्दै उनले त्यस्तो भ्रष्ट गठबन्धनलाई पराजित गर्न अपिल गरे।

२०७४ सालमा वाम गठबन्धन बनाएर बहुमत ल्याए पनि संविधानले दिएका मुख्य मान्यता र लोकतान्त्रिक संस्कारअनुसार काम गर्न नसक्नुमा केपी ओली मुख्य कारण रहेको उनले बताए।

गुरुङले एमालेका अध्यक्ष ओलीको तानाशाही चरित्रका कारण नेपाली जनताले चुनेर पठाएका प्रनिनिधिद्वारा निर्माण भएको संविधानलाई ध्वस्त बनाउने काम भएको बताए ।

'एमालेले गरेको संसद विघटन मात्रै थियो त? हेर्दा त्यो सामन्य लाग्छ तर त्यसको अन्तर्यमा विविध भावनालाई विभाजन गरेर मुलुक संकटमा पुर्‍याउने खेल रचिएको थियो', उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .