ad ad

राजनीति


राष्ट्रपति भण्डारी आज आइसल्यान्ड जाँदै, के-के छन् कार्यक्रम?

राष्ट्रपति भण्डारी आज आइसल्यान्ड जाँदै, के-के छन् कार्यक्रम?

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०७९ सोमबार ९:१८, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार (२१ कात्तिक) जनगणतन्त्र आइसल्यान्ड भ्रमणमा जाँदैछिन्। १७ जना प्रतिनिधिमण्डलको टोलीसहित सोमबार साँझ ६ बजे राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए। 

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन्। ‘हामी भोलि अबेर मात्र पुग्छौं, पर्सि राष्ट्रपतिले वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा किनोट स्पीच प्रस्तुत गर्नुहुनेछ,’ ढकालले भने।

सोही दिन साँझ राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम रहेको ढकालले नेपालखबरलाई जानकारी दिए। सो अवार्ड यही वर्षको सुरुवातमा घोषणा भएको थियो। जसलाई मन्त्रिपरिषदले त्यतिबेलै स्वीकृत गरेको थियो। 

उक्त कार्यक्रममा पनि राष्ट्रपतिले छोटो मन्तव्य दिने कार्यक्रम रहेको छ। 

राष्ट्रपति भण्डारी कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .