राजनीति


‘सत्ता गठबन्धन मृत अवस्थामा पुग्यो, एमाले एक्लैले बहुमत ल्याउँछ’

‘सत्ता गठबन्धन मृत अवस्थामा पुग्यो, एमाले एक्लैले बहुमत ल्याउँछ’

प्रवासी नेपाली मञ्चको अधिवेशन शनिबार काठमाडौंमा उद्घाटनका क्रममा केपी ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १५:८, काठमाडौँ

नेकपा एमालेका अध्यक्षा केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दावी गरेका छन्। 

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो दावी गरेका हुन्। 

सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाए लुटपाट सुरु हुने र देश कंगाल बन्ने जिकिर पनि उनले गरेका छन्। 

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मृत अवस्थामा पुगिसकेकाले यसले देशको, जनताको माया नगरेको समेत बताए। 

‘यो अहिलेको जुन गठबन्धन छ। रियल्ली डेथ। तर यो क–कसले पम्पिङ गरिराखेको छ। भेन्टिलेटर लगाई राखेको छ। सास फेरिराखेको छ। हिँडिराखेको छ। खाइ पनि राखेको छ। पचाई पनि राखेको छ। यिनीहरुको मुख ६ तिर फर्केको छ', उनले भने, 'मैले धेरै ठाउँमा भन्ने गरेको छु–यिनको केही विचार छैन। तर चपाएको चपाएकै छन्। अब यो मंसिर ४ को निर्वाचनले फैसला गर्नुपर्ने छ। अहिले मैले भनेको खन्चुवा गठबन्धन, भिजनहीन, गन्तव्यहीन, नीतिहीन, थितिहीन, विधिहीन छ। यसले जनता देख्दैन। देशको माया छैन। यो पहिल्यै मरिसक्यो। अब देशलाई बचाउन यो १६ महिनामा कंगाल पार्नेहरुले जनादेश पनि पाए भने, परमादेश होइन, जनादेशबाट पनि आयौं हामी भन्ने मौका पाएभने यिनले त कसरी लुट्छन होला।'

उनले पहिले लखनउ लुटको प्रसंग झिकेर गठबन्धनमाथि व्यंग्य गरे। 'लखनउ लुटमा त गहनामात्रै लुटिन्थे। सुन, चाँदी, हिरा, मोती मात्रै लुटिन्थ्यो। यिनले पर्दा, झ्याल, ढोका पनि फुटाउन लाग्दछन्। यस्तो लुट हुन्छ। र, देश कंगाल हुन्छ', उनले भने, 'त्यसकारण देश बनाउने पार्टी एमाले एउटा नेशनल फोर्सको रुपमा आउँछ। अब टालाटुली बटुली होइन। एउटा स्ट्रङ नेशनल फोर्स। आज नेपाललाई चाहिएको भनेको बलियो राष्ट्रिय शक्ति हो।'

उनले एमाले एक्लै सरकार बनाउन सक्ने बताए। 'एमाले एक्लै बहुमत ल्याउन सक्छ। बहुमतको सरकार बनाउन सक्छ। तर यसको अर्थ हामी कसैलाई सरकारमा लिँदैनौँ भन्ने होइन', उनले भने, 'तर एमालेले अघि सारेको मिसन, भिजनमा तलमाथि नपर्ने गरी अरु पार्टीहरु पनि सरकारमा सहभागी हुनेछन।’

अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने योजना, नीति र कार्यक्रम आफ्नो पार्टीसँग मात्रै भएको भन्दै आगामी निर्वाचनमा नेपाली जनताले सरकार बनाउने गरी साथ दिनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad