ad ad

राजनीति


बैतडीमा ओलीले भने : पूर्वबाट झुलाघाटको पुल देख्छु, देउवाजी देख्नुहुन्न

बैतडीमा ओलीले भने : पूर्वबाट झुलाघाटको पुल देख्छु, देउवाजी देख्नुहुन्न

नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १६:३४, महेन्द्रनगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनमा ल्याउने बताएका छन्। 

शुक्रबार एमाले बैतडीको चुनावी सभालाई पाटनमा सम्बोधन गर्दै उनले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन पनि एमाले सरकार आवश्यक भएको बताए।

‘सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन पनि त्यो जरुरी छ,’ उनले भने, ‘यसैगरी एमाले सरकार बन्यो भने जेष्ठ नागरिकको वृद्धभत्तामा पनि बृद्धि गरिने छ।’

२०५१ सालमा वृद्ध भत्ता सुरु गरेको बताउँदै अध्यक्ष ओलीले त्यतिबेला कांग्रेसले विरोध गरेको स्मरण गरे। 

‘हामीले ४ हजार भत्ता पुगाएपछि कांग्रेसले ६५ वर्षमै दिनेलगायतका कुरा गर्छ,’ उनले भने।

कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका समस्या समाधानमा गम्भीर नभएको उनको टिप्पणी छ।

‘म पूर्वबाट झुलाघाटको पुल देख्छु, देउवाजी यहीँको भएर देख्नु हुँदैन’ उनले भने।

ओलीले अहिलेको सरकारलाई ‘पुतली’ सरकारको संज्ञा दिए। सीमाको रक्षाका लागि, मजबुद सरकार निर्माणका लागि र सुखि नेपाली समृद्ध नेपाल बनाउन एमालेलाई भोट दिन ओलीले आग्रह गरे।

‘दामोदर भण्डारी जित्नेमा शंका छ र?’ प्रश्न गर्दै उनले जित सुनिश्चित भइसकेको भन्दै अग्रिम बधाई दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .