राजनीति


छापिसकियो ८ करोड ३ लाख मतपत्र, जिल्लामा धमाधम ढुवानी

छापिसकियो ८ करोड ३ लाख मतपत्र, जिल्लामा धमाधम ढुवानी

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १२:३८, काठमाडौँ

आसन्न प्रतिनिधि सभा र प्रदेश सा निर्वाचनका लागि आवश्यक मतपत्र छपाई कार्य सम्पन्न भएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा नर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो। 

आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो। 

आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनकशिक्षा सामग्रीले मतपत्र छपाई सम्मपन गरेको हो। 

शुक्रवार जनकशिक्षा सामग्रीमा मतपत्र छपाई सम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधि भन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताए। 

उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाई सकिएको बताए। नमूना मतपत्र २२ लाख गरी कुल करिब ८ करोड २५ लाख मतपत्र छपाई भएको उनले बताए। 

निर्वाचन आचारसंहीता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी भइसकेको बताए। 

अब प्रदेश १, मधेस प्रदेश र बागमतीमा चाँडै मतपत्र ढुवानी हुने उनले बताए। भण्डारीले मतपत्र छाप्ने काम चुनौतिपूर्ण रहे पनि समयअगावै सम्भव भएको बताए।

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र यसअघि नै छपाई सम्पन्न भइसकेको आयोगले जनाएको छ। 

आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता छन्। यी मतदाताले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। जसअनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad