राजनीति


विप्लव नेता सरद वली नवलपुरबाट पक्राउ

विप्लव नेता सरद वली नवलपुरबाट पक्राउ

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार २०:१८, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता सरद वलीलाई प्रहरीले पक्राउ गरेको छ। 

नेकपाका केन्द्रीय सदस्य तथा नवलपुर/नवलपरासी इन्चार्ज वलीलाई प्रहरीले नवलपुरको मध्यपुर नगरपालिका वसन्तपुरबाट पक्राउ गरेको हो। 

विप्लव नेतृत्वको नेकपासहित केही वामपन्थी दलले चुनाव बहिष्कार गर्ने घोषणा गरेपछि प्रहरीले निगरानी बढाएको छ। 

नेकपाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सक्रिय बहिष्कार गर्ने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad