ad ad

राजनीति


रविको पार्टीको निष्कर्ष : झ्याल झ्यालमा मन्त्रालय राख्ने प्रदेश संरचनाको औचित्य छैन

रविको पार्टीको निष्कर्ष : झ्याल झ्यालमा मन्त्रालय राख्ने प्रदेश संरचनाको औचित्य छैन

वाचा पत्र सार्वजनिक गर्ने क्रममा रवि लामिछाने। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १२:५२, काठमाडौँ

रवि लामिछाने नेतृत्वक राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय व्यवस्थापछि बनाइएको प्रदेश संरचनाको औचित्य सकिएको निष्कर्ष निकालेको छ।

पार्टीले आगामी मंसिर ४ को निर्वाचनका लागि बिहीबार सार्वजनिक गरेको वाचा पत्रमा उक्त कुरा उल्लेख छ। पार्टीले 'प्रादेशिक संरचनाको बेहाल' शीर्षकमा यसको औचित्यमाथि प्रश्न उठाएको हो। 

'बितेका पाँच वर्षमा प्रदेशका लगभग सबैजसो प्रदेश सांसदहरुले मन्त्री बन्ने अवसर पाए', वाचा पत्रमा भनिएको छ, 'व्यक्तिगत, गुटगत र दलगत स्वार्थपूर्तिका लागि मन्त्री बनाउनकै लागि एउटै घरका झ्याल-भयालमा मन्त्रालय राखियो।' 

उसले अनावश्यक प्रदेश मन्त्रालय र सांसदहरुको खर्चका कारण देशलाई नै भार बढेको पनि जनाएको छ।

'अनावश्यक प्रदेश मन्त्रालय, सांसदहरुको कारण खर्च हुने दलहरुको प्रवृति पछिल्लो ५ वर्षमा झन् छर्लङ्ग भयो', वाचा पत्रमा भनिएको छ, 'नागरिकले प्रदेश सरकारको औचित्य देखेनन् र प्रदेश सरकारको उपस्थितिको आभाष गर्न सकेनन्। प्रदेश नम्बर १ ले दुई-दुईवटा मुख्यमन्त्री पायो तर पनि नाम पाउन सकेन। प्रादेशिक संरचना राज्यस्रोतको दोहनबाहेक केही पनि होइन भन्ने भएको छ।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .