पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पुएर्तो रिको वैवाहिक बन्धनमा बाँधिएका छन्। उनीहरुले विवाह पश्चात सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै विवाहको खबर सार्वजनिक गरेका छन्।
सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेसनलमा मारियानाले अर्जेन्टिना र फाबिओलाले पुएर्तो रिकोको प्रतिनिधित्व गरेका थिए । यो उनीहरुको पहिलो भेट भएको थियो।
त्यसबेला शीर्ष १० मा पुगेका यी दुवै सोसल मिडियामा जोडिए । निकै मिल्ने साथी भए । त्यतिबेलैबाट यी दुईको डेट सुरु भएको थियो।
यी दुईले इन्स्टाग्राममा एउटा रिल सेयर गरेका छन्, जसमा उनीहरुलाई निकै रोमान्टिक मुडमा देख्न सकिन्छ। उनीहरुले २८ अक्टोबरमा विवाह गरेका हुन्।
कात्तिक १७, २०७९, बिहीबार
प्रतिक्रिया