ad ad

राजनीति


सय मतदान केन्द्र अपांगमैत्री बनाइँदै

सय मतदान केन्द्र अपांगमैत्री बनाइँदै

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १२:१०, काठमाडौँ

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपांगतामैत्री बनाइने भएको छ ।

निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा सांकेतिक भाषा सूची, त्यहाँ खटिने कर्मचारीलाई सांकेतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रंगीचंगी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्विलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपांगता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिनेछ।

आयोगले निर्वाचनका लागि  कूल २२ हजार दुई सय २६ मतदान केन्द्र तय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .