राजनीति


‘गठबन्धनलाई सत्तास्वार्थ भन्ने एमालेको कमल, राजेन्द्र, उपेन्द्रसँग साँठगाँठको औचित्य के?’

‘गठबन्धनलाई सत्तास्वार्थ भन्ने एमालेको कमल, राजेन्द्र, उपेन्द्रसँग साँठगाँठको औचित्य के?’

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १९:१२, काठमाडौँ

नेकपा (एमाले) का नेता भीम रावलले पाँचदलीय गठबन्धनलाई ‘नीतिविहीन सत्ता स्वार्थको माध्यम’ भन्ने आफ्नै पार्टीप्रति व्यंग्य गरेका छन्। 

एमालेले मंगलबार जारी गरेको चुनावी घोषणा पत्रमा पाँच दलीय गठबन्धनलाई ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो’ भनिएको छ। 

सोही भनाईलाई उदृत गर्दै गर्दै रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसँग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन्।’

रावलले स्थीर सरकारको नारा दिएर बहुमत माग गरेकोमा पनि पार्टीप्रति व्यंग्य गरेका छन्। 

‘अध्यक्ष केपी र प्रचण्ड रहेको नेकपाको प्रतिवेदनले भन्छ, ‘निर्वाचन (२०७४)ले पार्टीलाई पर्याप्त बहुमत दिएर आर्थिक क्रान्तिको ढोका खोल्ने अवसर प्रदान गरेको छ’, उनले लेखेका छन्, ‘जनताले स्थीर सरकार मार्फत राजनीतिक स्थायित्वको पक्षमा जनादेश दिएका छन् । हाम्रो सरकारले पूरा अवधि मुलुकको नेतृत्व गर्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad