राजनीति


एकीकृत समाजवादीको घोषणापत्रमा नारै–नारा

एकीकृत समाजवादीको घोषणापत्रमा नारै–नारा

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १४:६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि बनाएको घोषणापत्रमा नारै नारा समेटिएको छ। सोमबार पार्टी कार्यालय तीनकुनेमा सार्वजनिक गरिएको घोषणापत्रमा हाम्रा प्रतिवद्धता शीर्षक दिएर ३० भन्दा बढी नारा समेटिएको छ।

“विदेशिएका युवालाई स्वदेश फर्काऊँ, कृषि उत्पादनमा वृद्धि गरौँ! घोषणापत्रमा छ। यस्तै ‘नेपालको पानी नेपालमै’, ‘पूर्व–पश्चिम मेघा नहर’ अर्काे नारा उल्लेख छ।

रोजगारी, उद्योगग्राम, प्राविधिक शिक्षालयको विषयमा पनि नारा नै बनाइएको छ। ‘एक पालिका, एक उद्योग ग्राम’, ‘एक जिल्ला, एक बहु प्राविधिक शिक्षालय’, ‘एक पालिका, एक प्राविधिक विषय’, ‘सिक्दै र कमाउदै’, ‘एक घर, एक सिप र एक रोजगारी’।

एकीकृत समाजवादीले शहरमा पार्क निर्माण गर्ने, युवालाई विदेश जानबाट यहीँ नेपालमै बस्ने व्यवस्था गर्ने खालको पनि नारा अघि सारेको छ।  ‘हाम्रा युवा, हामीसँगै’, ‘एक टोल, एक पोखरी’, ‘मेरो सहर, म बनाउँछु’, ‘हरित सहर, राम्रो सहर।’

खेलकूद, स्वास्थ्य, स्वच्छ खानेपानी, विजुलीको सेयरका विषय पनि नारामै समेटिएको छ। 
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रिय पहिचानका लागि खेलकुद’, ‘एक घर एक धारा, स्वच्छ खानेपानी हाम्रो अभिभारा’, ‘घरघरमा बिजुली–जनजनमा सेयर’, ‘स्वस्थताका पूर्ण सरसफाई अभियान’, ‘एक टोल एक पोखरी’, घोषणापत्रमा भनिएको छ।

५२ पृष्ठमा समेटिएको घोषणापत्रमा सहकारी सबैको पहुँचमा पु¥याउन पहल गर्ने बताइएको छ।
‘गाउँ सहरमा सहकारी, घरघरमा रोजगारी’, ‘एक गाउँ एक सहकारी, एक घर एक रोजगारी’, ‘एक दलित वस्ती एक सहकारी र एक दलित परिवार एक रोजगारी’ सहित ‘नमुना दलित बस्ती विकास कार्यक्रम।’

यसैगरी ‘ज्येष्ठ नागरिक सेवा केन्द्र’, ‘अपाङ्गतामैत्री गाउँ÷सहर, हाम्रो रहर’ उल्लेख छ।
‘विविधता र बहुलता, नेपालको सम्पदा ःसामाजिक सद्भाव र राष्ट्रिय एकता’, ‘भ्रष्टाचारमुक्त सरकार ः भ्रष्टाचाररहित समाज’, ‘प्रशासनिक खर्च कटाऔँ, साधारण खर्च घटाऔँ, विकास खर्च बढाऔँ’, ‘पहिले आउने व्यक्तिको काम पहिले’, ‘बहुप्रकोपीय नक्सा’, ‘पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्र’सहित आफ्नै पार्टीलाई मत माग्न पनि नारा नै लेखिएको छ।– ‘जनतामा जाऔं, नेकपा (एकीकृत समाजवादी) लाई जिताऔँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad