नेकपा एकीकृत समाजवादीले अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कूटनीतिक पहल गर्न दबाब दिइने बताएको छ।
चुनावी घोषणा पत्र सार्वजनिक गर्दै एकीकृत समाजवादीले अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कुटनीतिक पहल गर्न दबाब दिइने बताएको हो।
‘सीमा सुरक्षा र आवागमन व्यवस्थापन’ शीर्षक राखेर घोषणा पत्रमा भनिएको छ, ‘मित्र राष्ट्रसँंगको सीमा समस्या समाधान गर्न र अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कुटनीतिक पहल गर्न दबाब दिइने छ।’
एकीकृत समाजवादीले नेपालको अन्तर्राष्ट्रिय सिमानालाई अन्तर्राष्ट्रिय कानुन र स्थापित मूल्य मान्यता अनुरुप नियमित गर्ने पनि बताएको छ।
देशका सिमाना दशगजा क्षेत्रलाई व्यवस्थित गरी राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यान दिदैँ देशबाट बाहिरिने र देशमा भित्रिने मानिसहरूको व्यवस्थित रेकर्ड राखिने घोषण पत्रमा उल्लेख छ।
‘हाम्रो खुला सिमानालाई यसरी व्यवस्थित गर्न सक्दा मानव बेचबिखन तथा ओसार–पसार र अन्य अपराधहरू नियन्त्रण गर्न पनि सहज हुने छ,’ घोषणा पत्रमा लेखिएको छ, ‘यस मामिलामा सम्बन्धित पक्षसँग वार्ता गरी समस्या समाधान गर्न पहल गरिने छ।’
Shares

प्रतिक्रिया