राजनीति


सत्यमोहन जोशी सच्चा देशभक्त : प्रधानमन्त्री देउवा

सत्यमोहन जोशी सच्चा देशभक्त : प्रधानमन्त्री देउवा

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १९:५५, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन्।

प्रधानमन्त्री देउवाले उनले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदान र लेखेको कीर्ति संरक्षण र सम्वर्द्धन गर्दै मुलुकको विकास गर्न सके साँचो अर्थमा कदर हुने पनि स्पष्ट पारे। 

स्वर्गीय जोशीको १३ औँ पुण्यतिथिको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा आफूले चिनेको पनि बताए। 

प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रुपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए। जोशीलाई नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने मुलुकको निधिको रुपमा चित्रण गर्दै उनले सरकारले त्यसैकारण उनलाई शताब्दी पुरुषको रुपमा सम्मान गरेको स्मरण गराए। 

प्रधानमन्त्री देउवाले भने, ‘स्वर्गीय जोशी भाषा, साहित्य, संस्कृतिलाई माया गर्ने मुलुकको निधि हुनुहुन्थ्यो। देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा मैले उहाँलाई चिनेको छु। जोशीजीलाई अत्यन्तै सरल जीवन, उच्च विचारको मान्छेको रुपमा मैले पाएको छु। उहाँमा तडकभडक र घमण्ड कति पनि थिएन। लोकसंस्कृतिलाई उपेक्षा गरेर राष्ट्रको सम्मान हुन सक्दैन भन्ने मान्यता उहाँको थियो। लोक संस्कृतिनै विभिन्न जातजाति, भाषा, संस्कृतिबीच एकता ल्याउने उहाँको अभियान थियो। संस्कृतिमात्रै होइन् भाषा, विकासबाट कला, साहित्य, सभ्यता र ज्ञान, विज्ञानको क्षेत्रमा पनि जोशीजीले खेल्नु भएको भूमिका महत्वपूर्ण छ। खासगरी नेपालको सांस्कृतिक अन्वेषणमा उहाँको विशिष्ट भूमिका रहेको पाइन्छ। नेपाली संस्कृतिको अनुसन्धानदाता एवम् प्रतिष्ठित साहित्य साधक हुनुहुन्थ्यो।’ 

देउवाले जोशीको निधनबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै उनले राखेको कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको चाहना पूरा गर्न नेपाल भाषालाई व्यवहारिक रुपमै प्रयोगमा ल्याउने कामलाई आफूले तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। 

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संस्कृतिविद् जोशीको व्यक्तित्व र कीर्तित्वको बारेमा चर्चा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad