राजनीति


गठबन्धनका सबै दल एउटै डुंगामा भन्नु सिद्धान्त, आदर्शलाई तिलाञ्जली दिनु हो : भीम रावल

गठबन्धनका सबै दल एउटै डुंगामा भन्नु सिद्धान्त, आदर्शलाई तिलाञ्जली दिनु हो : भीम रावल

फाइल फाेटाे


नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार २०:२, काठमाडौँ

प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता भीम रावलले सत्ता गठबन्धनका दलले सिद्धान्त, आदर्शलाई तिलाञ्जली दिएर नेपाली राजनीतिलाई विकृत बनाएको आरोप लगाएका छन्। 

मंसिर ४ को चुनावमा समेत तालमेल गर्ने निर्णय गरेका पाँच दलीय गठबन्धनविरुद्ध रावलले आक्रोश पोखेका हुन।

रावलले शुक्रबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकाको जय नेपाल माओवादीको र माओवादीको लाल सलाम नेकाको तथा गठबन्धनका सबै दल एउटै डुंगामा भन्नु नै सिद्धान्त, आदर्शलाई तिलाञ्जली दिएर नेपाली राजनीतिलाई सत्ता र पद स्वार्थमा केन्द्रित गरी विकृत तुल्याउनु हो।’

याे पनिधादिङ पुगेर प्रचण्डले भने : गठबन्धन छ, डुबे सबै दल डुब्छौँ, उत्रे सबै उत्रिन्छौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad