राजनीति


सत्ता गठबन्धनले कञ्चनपुर २ का सबै वडामा भेला गर्ने

सत्ता गठबन्धनले कञ्चनपुर २ का सबै वडामा भेला गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १८:१३, काठमाडौँ

सत्ता गठबन्धनले कञ्चनपुर क्षेत्र नम्बर २ का सबै वडाहरुमा एक साथ वडा भेलाहरु गर्ने भएको छ। सत्ता गठबन्धनले यही आइतबार क्षेत्र नम्बर २ का ३० वटै वडाहरुमा एक साथ वडा भेलाहरु गर्ने भएको हो। 

लोकतान्त्रिक–बाम गठबन्धन क्षेत्रीय कार्यसमितिका संयोजकद्वय नेपाली कांग्रेसका क्षेत्रीय सभापति लालबहादुर सिंह र नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रबहादुर ऐरीले शुक्रबार संयुक्त रुपमा क्षेत्र नम्बर २ का तीन वटै नगरपालिकाका पार्टी प्रमुखहरुलाई वडा भेलाबारे जानकारी गराएका छन्। 

गठबन्धनले क्षेत्र नम्बर २ अन्तर्गत पर्ने कृष्णपुर, शुक्लाफाँटा र वेदकोटका वडाहरुमा भेला गर्न दुई–दुई जनालाई प्रमुख वक्ता र विशिष्ठ वक्ताका रुपमा तोकेर खटाएको छ।  

यसअघि सत्ता गठबन्धनले कात्तिक ७ गते ३० वटै वडाहरुमा एक साथ सम्पर्क कार्यालयहरु स्थापना गरेको थियो। क्षेत्र नम्बर २ मा कृष्णपुर, शुक्लाफाँटा नगरपालिकाका सबै र वेदकोट नगरपालिकाका ८ बाहेकका वडाहरु पर्दछन्। कृष्णपुरमा ९, शुक्लाफाँटामा १२ र वेदकोटमा १० वडाहरु रहेका छन्।

सत्ता गठबन्धनले कञ्चनपुर–२ मा प्रतिनिधिसभातर्फ कांग्रेस केन्द्रीय सदस्य एनपी साउद, प्रदेशसभा तर्फ ‘क’ मा नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट र ‘ख’ मा कांग्रेसका बहादुरसिंह थापालाई उम्मेदवार बनाएको छ। 

यो क्षेत्रमा नेकपा एमालेले प्रतिनिधिसभातर्फ नरबहादुर धामी र प्रदेशसभातर्फ ‘क’ मा बचनबहादुर सिंह र ‘ख’ मा कृपाराम रानालाई उठाएको छ।

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा कञ्चनपुर–२ मा कांग्रेसको पक्षमा २२ हजार ३७९, एमालेको पक्षमा १८ हजार ८२८, माओवादीको पक्षमा १२ हजार ५७२, नेकपा एकीकृत समाजवादीको पक्षमा ४ हजार १६१ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को पक्षमा ३ हजार ९५३ मत खसेको थियो।

स्थानीय तहको निर्वाचन परिणामले सत्ता गठबन्धनको कुल मत ३९ हजार ११२ र राप्रपासँग तालमेल गरेको एमालेको २२ हजार ७८१ मत छ। जसअनुसार सत्ता गठबन्धन र एमालेबीचको मतान्तर झण्डै साढे १६ हजार देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad