ad ad

खेल


साफ यू-१५ महिला च्याम्पियन्सिप खेल्ने टोलीको बिदाइ, शनिबार बंगलादेश जाँदै

साफ यू-१५ महिला च्याम्पियन्सिप खेल्ने टोलीको बिदाइ, शनिबार बंगलादेश जाँदै

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १८:१८, काठमाडौँ

बंगलादेशमा हुने साफ यू-१५ महिला च्याम्पियन्सिपका लागि नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ। 

शनिबार बगंलादेश जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार बिदाइ गरेको हो। 

टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, राष्टिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ लगायतले बिदाइ गरेका हुन्। टोलीको कप्तानी दीपा रोकायाले गर्नेछिन्। 

डबल राउण्ड रोबिनमा हुने च्याम्पियनसिपमा नेपाल, भुटान र आयोजक बगंलादेश गरि ३ टोली सहभागी हुँदैछन्। 

नेपालले १ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। १९ गते आयोजक बंगलादेशसँग र कात्तिक २३ गते भुटानसँग खेल्नेछ।

च्याम्पियनसिपको अन्ति खेलमा २५ गते बंगलादेशसँग खेल्ने तालिका छ। 

डबल राउन्ड रोबिनमा हुने च्याम्पियनसिपको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ।

टोलीको प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन, गोल किपर प्रशिक्षक छन्नुराम चौधरी र फिजियो सरिता बजगाई छन्। 

नेपाली यू–१५ महिला टोली
गोलरक्षक-
राधिका ओली, सुजाता तामाङ र रुपा धिमाल

डिफेन्डर-सीता रोकाया, अमिता भुल, दीपा मगर, अन्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु र विपना स्नेही

मिडफिल्डर-सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मन्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन,

फरवार्ड-दीपा रोकाया ९कप्तान०, समिक्षा मगर, वर्षा ओली र सेनु परियार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .