राजनीति


रुपन्देही-२ मा जनमोर्चाले नेमकिपालाई समर्थन गर्ने

रुपन्देही-२ मा जनमोर्चाले नेमकिपालाई समर्थन गर्ने

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १६:१७, काठमाडौँ

पाँचदलीय गठबन्धनमा सामेल दल राष्ट्रिय जनमोर्चाले रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई सहयोग गर्ने भएको छ।

अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी नेमकिपालाई समर्थन गर्ने जानकारी दिएका हुन्।

गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी भएपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका थिए। 

सो निर्णयसम्बन्धी विज्ञप्तिमा अध्यक्ष केसीको पनि हस्ताक्षर थियो। सो निर्णय ‘भूलबस’ भएको केसीले स्पष्ट पारेका छन्।

अध्यक्ष केसीद्वारा शुक्रबार जारी विज्ञप्तिमा नेमकिपाका उम्मेदवार हरिसुन्दर बासीलाई सहयोग गर्ने जनाइएको छ ।

‘मिति २०७९ साल कार्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चारदलीय गठबन्धनको बैठकले रुपन्देही जिल्ला संघीय निर्वाचन क्षेत्र नं। २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको हुनाले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णयमा हाम्रो दलको तर्फबाट अध्यक्ष चित्रबहादुर केसीको पनि हस्ताक्षर भएको थियो’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी हाम्रो तर्फबाट भएको हस्ताक्षर भूलबस हुन गएको छ । हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछौँ ।’

सत्तारुढ तीन दलले भने जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई नै समर्थन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad