भक्तपुरको सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा बिहीबार भाइटीकाको दिन नगद, गरगहनालगायत चोरी भएको छ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ घर भएका ३८ वर्षीय जुगल दास दंगालको गाई फर्मबाट नगद, सुनको गरगहना लगायत अन्य सरसामान गरी करिब ४ लाख ७३ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
30
Shares

प्रतिक्रिया