राजनीति


एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रावल एमाले प्रवेश

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रावल एमाले प्रवेश

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ९:३९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा एमाले प्रवेश गरेकी छिन्। 

अध्यक्ष केपी शर्मा ओलीले नेतृ रावललाई सोमबार साँझ बालकोटमा आयोजित एक कार्यक्रमकाबीच उनलाई एमाले प्रवेश गराएका हुन्। 

नेतृ रावल संविधान सभाकी सदस्य समेत हुन्। 

नेकपा एसको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी उनले एक अर्कासँग विचार नमिल्ने अपवित्र सत्ताधारी गठबन्धनबाट देश दुर्घटनामा पर्ने देखेर आफू एमालेमै फर्किएको बताइन्। 

उनले नेकपा एकीकृत समाजवादीको पनि भविष्य छैन भन्ने आफ्नो निष्कर्ष रहेको बताइन्।

देशको भविष्य निर्माण गर्ने पार्टी एमाले मात्र भएको र विगतमा लामो समय आफ्नो योगदान पनि यसै पार्टीमा रहेकाले पुनः एमालेमै फर्किएको रावलले पार्टी प्रवेश कार्यक्रमका क्रममा भनेकी छिन्। 

उनीसँगै समाजवादी प्रेस संगठन जाजरकोटका सचिव अर्पण रावल पनि एमाले प्रवेश गरेका छ्न।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .