ad ad

राजनीति


आईजी अर्यालको सुझाव : चुनाव हारजितको दोष आउँछ, सुरक्षानिकायका गाडीमा मतपेटिका नबोकौँ

आईजी अर्यालको सुझाव : चुनाव हारजितको दोष आउँछ, सुरक्षानिकायका गाडीमा मतपेटिका नबोकौँ

फाइल तस्बिर


नेपालखबर
असोज ३१, २०७९ सोमबार २१:३०, काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा राम्रो हुने बताएका छन्। 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 

चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएकोले आफूहरुको पक्षमा नतिजा नआएको आरोप लगाउने गरेकाले उनले यस्तो सुझाव दिएका हुन्। 

सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्न उनले सुझाव दिए।

अर्यालले निर्वाचनमा अन्त्यन्तै संवेदनशील भएर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे।

निर्वाचनमा एउटा मात्रै युनिटले गल्ती गर्दा पनि त्यसको असर पूरै प्रणालीमा पर्ने भएकाले सुरक्षाकर्मीको परिचालन गर्दा विशेष ध्यान दिन उनको आग्रह थियो। 

‘निर्वाचनमा सुरक्षा निकायले सबै स्थानमा राम्रो भयो। कुनै एक स्थानमा नराम्रो भयो भने विभिन्न आरोप सबै सुरक्षा निकायले खेप्नु पर्ने हुन्छ। त्यो भएकाले सबैले संवेदनशील भएर सबै सुरक्षा निकायलाई त्यही अनुसार परिचालन गर्नु होला', उनले भने, 'चुनाव सकिएपछि मतपत्र ढुवानीमा सुरक्षा निकायको सवारी प्रयोग नगर्ने भन्ने छ। त्यो दिन ल्याउनुपर्ने भन्ने पनि हुन सक्छ। सुरक्षा निकायको सवारीमा ल्याउँदा हारजितको दोष आउन सक्छ। सकेसम्म सुरक्षा निकायको सवारीमा मतपत्र नबोक्दा राम्रो हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .