ad ad

राजनीति


प्रहरीको कार्यसम्पादन क्षमताले अन्तर्राष्ट्रिय प्रशंसा पाएको छ : प्रधानमन्त्री

प्रहरीको कार्यसम्पादन क्षमताले अन्तर्राष्ट्रिय प्रशंसा पाएको छ : प्रधानमन्त्री

६७ औं प्रहरी दिवसको अवसरमा बाेल्दै प्रधानमन्त्री शेरबहादुर देउवा।


नेपालखबर
असोज ३१, २०७९ सोमबार १०:२६, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको अन्तर्राष्ट्रिय स्तरबाट पनि प्रंशसा हुने गरेको बताएका छन्। 

६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्। ‘नेपाल प्रहरीको कार्यसम्पादक क्षमताका देशिभत्रमात्र नभई बाहिर पनि प्रशंसा हुँदै आइरहेको छ,’ प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने। 

वर्तमान युग सूचना प्रविधिको युग भएको भन्दै प्रधानमन्त्री देउवाले समयसँगै परिवर्तन हुन प्रहरीलाई निर्देशन दिएका छन्। 

‘आजको युग सूचना प्रविधिको युग हो। परम्परागत प्रविधिलाई समयको परिवर्तनसँगै सूचना प्रविधिमा अघि बढ्न सकेमात्रै अपेक्षित परिणाम हासिल हुनेछ। यसलाई मध्यनजर गर्दै अघि बढ्न निर्देशन दिन चाहन्छु।’ प्रधानमन्त्री देउवाले सम्बोधनको क्रममा भने। 

देउवाले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण रुपमा समपन्न गर्नका लागि नेपाल प्रहरीको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै आगामी ४ मंसिरको निर्वाचन शान्तिपूर्ण बनाउनका लागि कुनै कसर बाँकी नराख्नेमा आफू विश्वस्त भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .