ad ad

राजनीति


आईजीएफएफले बुझायो सतहत्तरै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र

आईजीएफएफले बुझायो सतहत्तरै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र

नेपालखबर
असोज २७, २०७९ बिहिबार १९:१६, काठमाडौँ

अन्तर पुस्ता महिलावादी मञ्च ‍(आईजीएफएफ) ले आज एकसाथ ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ। मञ्चले एकै समय बिहान ११ बजे निर्वाचन आयोग, विभिन्न वडा कार्यालय र महिला अधिकार मञ्चमा समेत ध्यानाकर्षण पत्र बुझाएको हो।

आईजीएफएफले आगामी मंसिरमा हुने निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय लगायत अन्य सरोकारवाला निकायलाई एकसाथ ध्यानाकर्षण पत्र बुझाएको हो। यही क्रममा आईजीएफएफ ललितपुर टिमले पनि जिल्ला प्रशासन कार्यालय ललितपुर, निर्वाचन आयोग, वडा कार्यालयहरु ३, ४,९,१४ र २३ मा ध्यानाकर्षण पत्र बुझायो। ध्यानाकर्षण पत्रमा निम्न ४ वटा बुँदा समेटिएका छन्।

१. निर्वाचनको समय तथा निर्वाचन पछि हुने चुनाव प्रचार प्रसार, विजय जुलुस आदिका नाममा हुने भोजभत्तेर आदिको आयोजना तथा सो को नाममा भएका अत्यधिक मादक पदार्थ सेवनले गर्दा अघिल्लो स्थानीय तह निर्वाचनमा पितृसत्तात्मक सामाजिक, आर्थिक र राजनितिक र कानुनी विभेद र असमानता भोग्नु परिरहेका महिलाहरू, बालबालिकाहरू विरूद्ध अत्याधिक घरेलु हिंसा वृद्धि भएको छ। महिलाहरूले अघिल्लो स्थानीय तह निर्वाचनमा घर दैेलो प्रसार प्रचारमा जाँदा यी प्रत्यक्ष अनुभव गरेकाले यसलाई स्थानीय पालिका मार्फत निगरानी र नियन्त्रण गर्न आवश्यक समन्वय गरी सम्पूर्ण यथोचित व्यवस्था गर्ने।

२. कुनै पनि चुनावी प्रसारप्रचारमा संलग्न सक्रिय महिलाहरुलाई सुरक्षित वातारण सिर्जना गराउन सुरक्षाका सम्पूर्ण उपायहरू अपनाएको सुनिश्चित गर्ने। 

३. कुनै पनि शारीरिक किसिमले निर्बल (वृद्धवृद्धा, अपङ्गता भएका, गर्भवती, सुत्केरी, बालबालिका आदि) महिला या पुरुष मतदान गर्न जाँदा/आउँदा राज्यको तर्फबाट गरिएको विशेष व्यवस्थालाई पुर्ण रूपमा कार्यान्वयन गरी सुदृढीकरण गर्ने।

४. निर्वाचन आचार संहिता पालना गर्ने गराउने र सो को उल्लंघनमा निर्वाचन आयोग लगायत सबै सरोकारवालाहरूको ध्यानकर्षण गराउने। 

अन्तर–पुस्ता महिलावादी मञ्च नेपाल महिला आन्दोलन सुदृढीकरण तथा संविधानले दिएको अधिकारका बारेमा सचेतीकरण गर्दै महिला अधिकार उपभोग गर्न सक्ने वातावरण निर्माणका लागि सन् २०१९मा स्थापित अनौपचारिक सञ्जाल हो।

यस मञ्चले स्थानीय निर्वाचनमा महिला सहभागिताको लागि विभिन्न राजनीतिक दलहरूका नेतृत्वसँग संवादलगायत आफ्नै सिकाइको लागि सञ्जालको आन्तरिक छलफल तथा विभिन्न जिल्ला तथा प्रदेश स्तरमा महिलाहरूसँग संवाद गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .