ad ad

राजनीति


एमाले छाडेका प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

एमाले छाडेका प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०७९ बुधबार १९:२६, काठमाडौँ

जनता समाजवादी पार्टीसँगको तालमेललाई लिएर असन्तुष्टि जनाउँदै नेकपा एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ।

बुधबार बिहान बसेको गठबन्धनको बैठकले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उठेका साहलाई समर्थन गर्ने निर्णय गरेको हो।

त्यही निर्णयअनुसार माओवादी केन्द्रका उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्।

स्रोतका अनुसार अब उनलाई गठबन्धनको साझा उम्मेदवार बनाइएको छ।

‘बिहान गठबन्धन बैठकमा छलफल भएको थियो, प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएकाले उहाँलाई सहयोग गर्न सकिन्छ भन्ने समझदारी बन्यो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँलाई गठबन्धनको सहयोग रहन्छ।’

यसअघि माओवादी केन्द्रले आफ्नो भागमा परेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा पनि एमाले छोडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भूसाललाई समर्थन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .