ad ad

राजनीति


‘बागी’ उम्मेदवारहरु कांग्रेसबाट पाँच वर्षका लागि निष्कासित

‘बागी’ उम्मेदवारहरु कांग्रेसबाट पाँच वर्षका लागि निष्कासित

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०७९ बुधबार १९:३३, काठमाडौँ

नेपाली कांग्रेसले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ दिएका उम्मेदवारहरुलाई पार्टीबाट निस्कासन गरेको छ। 

निर्वाचन आयोगले तोकेको समयावधि बुधबार दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नलिएका ‘बागी’हरुलाई कांग्रेसले पाँच वर्षका लागि पार्टीबाट निस्कासन गरेको हो। 

कांग्रेसले ‘बागी’सँगै निजका प्रस्ताव र समर्थकलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।   

उनका अनुसार कांग्रेसले विधानको धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरिएको हो। 

यसअघि कांग्रेसले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर ‘बागी’हरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो। 
विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निस्कासन हुने पनि चेतावनी दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .