वाम-लोकतान्त्रिक गठबन्धनबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार हृदयराम थानीले जितेको खण्डमा भ्रष्टाचार नगर्ने बताएका छन्।
बुधबार बिहान वाम-लोकतान्त्रिक गठबन्धनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थानीले निर्वाचित भएपछि भ्रष्टाचार नगर्ने बताएका हुन्।
थानीले पछिल्लो समय आफूमाथि पत्रकारहरुको नजिक नहुने गुनसो आए पनि पत्रकार मैत्री नेता भएको दाबी गरे।
'म सधैँ पत्रकारहरू नजिक छु। जनताको नजिक छु।पत्रकारले सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु', उनले भने, 'सुर्खेती जनताले मलाई मतदान गरेर विजयी गराएमा म भ्रष्टाचार गर्दिनँ, नातागोता भर्ति केन्द्र बनाउने छैन।
'विगतमा कर्णाली केही जिल्लालाई सूदुरपश्चिममा गाभ्ने र डोटी राजधानी राख्ने जस्ता निर्णयको विरोध गरेर सुर्खेत राजधानी बनाउन सफल भएको कुरा जनताले बुझेका छन्। हाम्रो यो गठबन्धनका भित्रका उम्मेदवारहरु प्रदेश र संघको नेतृत्व हाक्ने सक्ने पनि छन्', उनले भने।
थानीले विद्यार्थी जीवनदेखि राजनीति यात्रामा लागेकाले यस पटकको निर्वाचनमा सुर्खेत क्षेत्र २ का जनताले जिताउनेमा ढुक्क रहेको बताए।
उनले यसपटक सुर्खेतमा गठबन्धनले नै निर्वाचन जित्ने आँकलन सु्नाए।
यस्तै, सुर्खेत निर्वाचन १ 'क' प्रदेश सभा सदस्यका उम्मेदवार खड्ग पोखरेलले संविधानको रक्षा र सुर्खेतको परिवर्तनकन लागि गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा 'ख' का उम्मेदवार कृष्ण जिसी 'जीतेन्द्र'ले यो गठबन्धन स्वार्थका लागि नभई केपी ओलीको अत्याचारविरुद्धको भएको बताए।
Shares
प्रतिक्रिया