राजनीति


प्रभु साहले सत्ता गठबन्धनसँग मिलेर एमालेलाई धोका दिए : शंकर पोखरेल

प्रभु साहले सत्ता गठबन्धनसँग मिलेर एमालेलाई धोका दिए : शंकर पोखरेल

नेपालखबर
असोज २६, २०७९ बुधबार ११:५७, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले असन्तुष्ट भनिएका नेता प्रभु साहकै सहमतिमा जनता समाजवादी पार्टीसँग तालमेल भएको बताएका छन्।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएपछि महासचिव पोखरेलले यस्तो बताएका हुन्। 

उपेन्द्र यादव नेतृत्वको जसपासँगको तालमेलमा गम्भीर असहमति जनाएका साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेर टिकट लगेपछि धोका दिएको आरोप छ।

यस्तोमा महासचिव पोखरेले साहकै उपस्थितिमा जसपासँग तालमेल बैठक भएको बताएका हुन्। 

'प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनुभयो। उक्त सहमतिपछि मधेश प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नु भयो', पोखरेले भनेका छन्, 'निर्णय भएरअनुसार रौतहटको टिकट पनि लिएर जानुभयो। तर पार्टीलाई धोका दिएर अन्तिममा आफूले स्वतन्त्र उम्मेदवारी दिनुभयो। अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिइ समय गुजार्ने षडयन्त्र गर्नुभयो।'

उनले प्रभु साहको यो कदमलाई  राजनीतिक षडयन्त्र भनेका छन्। 'यो एक राजनीतिक षडयन्त्र हो। यसलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन। यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साठगाँठ नै हो।'

उनले रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी बुझेका पनि बताए। 'मधेश प्रदेशमा एमाले र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाऊँ', उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad