ad ad

राजनीति


कास्की ३ मा एमाले र माओवादीबाट बागी उम्मेदवारी

कास्की ३ मा एमाले र माओवादीबाट बागी उम्मेदवारी

नेपालखबर
असोज २३, २०७९ आइतबार २१:६, काठमाडौँ

कास्की क्षेत्र नम्बर ३ मा एमालेका नेता जगन्नाथ बास्तोलाले ‘बागी’ उम्मेदवारी दिएका छन्। जगन्नाथ तत्कालीन ल्वाङ घलेल गाउँ विकास समितिको उपाध्यक्ष हुन्।

एमालेले एउटा पनि सिट नजितेको ठाउँमा उनले एकैपल्ट उपाध्यक्ष जितेका थिए। युवा अवस्थादेखि नै एमालेमा लागेका बास्तोला नेताहरुको सुरक्षा दस्ता परिचालनमा माहिर मानिन्थे। सबै नेताहरुसँग नजिक भए पनि उनी अवसरबाट भने बञ्चित हुँदै आएका छन्। 

एमालेको १० औं महाधिवेशनमा उनी जिल्ला अध्यक्षको प्रत्यासी थिए। तर, कास्कीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच प्रतिस्पर्धा हुने भएपछि उनले दाबी छाडेका थिए। 

‘मैले एमालेले सदस्य नजितेको ठाउँमा संगठन बनाएँ। २०६४ देखि तल्लो कमिटीले मेरो नाम सिफारिस गर्दै आएको छ, म पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ, मैले गाउँपालिका र प्रदेशतिर दाबी गरिनँ’, उनले नेपालखबरसँग भने,‘ म कुनै पनि गुटको नभएकाले मलाई भकुण्डो बनाइयो, मैले आफ्नो बाटो रोजेँ।’ 

एमालेले सो क्षेत्रबाट दामोदर बैरागीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। 

यता, माओवादीको तर्फबाट पनि सो क्षेत्रमा बागी उम्मेदवारी परेको छ। पार्टीले गण्डकीका अर्थमन्त्री रामजी बराललाई गठबन्धनको तर्फबाट उम्मेदवार बनाएपछि अनिता भुर्तेलले बागी उम्मेदवारी दिएकी हुन्।

अनिता सहिद परिवारकी सदस्य हुन्। उनका पिता राजविक्रम भुर्तेल र आमा सीता भुर्तेल युद्धकालमा सेनाबाट मारिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .