ad ad

राजनीति


मुस्ताङमा रोमीले छाडे, छोरा योगेश बने कांग्रेस उम्मेदवार

मुस्ताङमा रोमीले छाडे, छोरा योगेश बने कांग्रेस उम्मेदवार

नेपालखबर
असोज २३, २०७९ आइतबार २०:५८, काठमाडौँ

नेपाली कांग्रेसले केन्द्रीय सदस्य रोमी गौचन थकालीलाई मुस्ताङको उम्मेदवार छान्ने अख्तियारी दियो। मुस्ताङ कांग्रेसको सभापति समेत रहेका रोमीको नाम समानुपातिकको सूचीमा सिफारिस गरियो। तर,अन्तिम समयमा उनले नाम फिर्ता गरे। युवाहरुलाई नेतृत्वमा ल्याउने भन्दै आफू उम्मेदवार नहुने घोषणा गरे। 

सो घोषणासँगै उनले प्रतिनिधि सभा सदस्य पदका लागि आफ्नै छोरा योगेश गौचन थकालीलाई उम्मेदवार बनाउने निर्णय गरे। आइतबार २८ वर्षीय योगेशले मनोनयन दर्ता गराएका छन्। योगेश नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितिका सदस्य हुन्।

लामो समयसम्म मुस्ताङ कांग्रेसमा पकड जमाएका रोमी पूर्व वाणिज्यमन्त्री हुन्। २०७० सालको संविधान सभा निर्वाचनमा प्रेमप्रसाद तुलाचनलाई २२ मतले हराएका रोमी २०७४ को आम निर्वाचनमा वाम गठबन्धनका उम्मेदार उनै प्रेमप्रसाद तुलाचनसँग पराजित भएका थिए। रोमीले ३ हजार १८१ मत पाउँदा प्रेमप्रसादले ३ हजार ५४४ मत पाएका थिए।

कांग्रेसले मुस्ताङ प्रदेश क मा नन्दु गुरुङ र ख मा विकलप्रसाद शेरचनलाई उम्मेदवार बनाएको छ। नन्दु कांग्रेसका क्षेत्रीय सचिव हुन् भने विकलप्रसाद शेरचन सामाजिक व्यक्तित्व हुन्। एमालेले भने मुस्ताङमा पुनः एमालेबाट निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ।  प्रदेश ‘क’मा निवर्तमान प्रदेश सभा सांसद इन्द्रधारा विष्ट र चन्द्रमोहन गौचनले मनोनयन पत्र दर्ता गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .