कर्णालीमा प्रतिनिधि सभाका लागि एक मात्र महिला उम्मेदवार बनेकी जुम्लाकी गोमा गौतम (कुँवर)ले मनोनयन दर्ता गरेकी छन्। नेकपा माओवादी केन्द्रकी उनले पत्रमार्फत जुम्ला निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गराएकी हुन्।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा गोमा प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएकी थिइन्।
१२ प्रतिनिधि सभा रहेको कर्णाली प्रदेशमा अन्य कुनै पनि दलले महिलालाई उम्मेदवार बनाएका छैनन्। उनले गठबन्धनका तर्फबाट जुम्लामा प्रतिनिधि सभा सदस्यका लागि टिकट पाएकी हुन्।
दोस्रो संविधान सभा सदस्यसमेत रहेकी कुँवर कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्रीसमेत बनिसकेकी छिन्।
1.2k
Shares

प्रतिक्रिया