नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं–५ मा उम्मेदवारी दर्ता गराएका छन्।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उनले आइतबार काठमाडौं–५ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
नेता पौडेल गृहजिल्ला तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न इच्छुक थिए।
तर, अन्तिम समयमा आएर उनलाई पार्टीले काठमाडौं–५ मा उम्मेदवार बनाएको हो।
यो क्षेत्रमा नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उम्मेदवार बनाएको छ।
२०७४ को निर्वाचनमा उनी २३ हजार २९ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले १३ हजार १६९ मत पाएका थिए।
महत यसपालि समानुपातिकमा बसेका छन्।
45
Shares

प्रतिक्रिया