राजनीति


‘चीनको आर्थिक लगानीले एसियामा मन जित्न सकेन’

‘चीनको आर्थिक लगानीले एसियामा मन जित्न सकेन’

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ९:१६,

यद्यपी चीन एसियाली राष्ट्रको मन जित्न असफल भएको एक अनुसन्धानले देखाएको छ।

‘एसिया सोसाइटी पोलिसी इन्स्टिच्युट एन्ड दि चाइना प्रोजेक्ट अफ सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज’को अध्ययनका अनुसार आफ्नो लगानीले फल नदिए पनि चीन उनीहरुलाई आफ्नो बनाउने प्रयासमा लागि परेको छ।

अमेरिकाको अनुसन्धानमूलक विश्वविद्यालय विलियम एण्ड म्यारीको द एडडाटा रिसर्च ल्याबका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो वैश्विक कुटनीतिमा सुधार ल्याउन गएको ६ वर्षयता विदेशी मामिलाहरुमा ३० अर्ब अमेरिकी डलर खर्च गरिसकेका छन्।

अनुसन्धानमा खटेको एसिया सोसाइटी पोलिसी इन्स्टिच्युट भन्छ,‘सार्वजनिक कुटनीतिलाई बेइजिङमा सम्भावित खतरा, आन्तरिक बेफाइदा र क्षेत्रीय प्रतिस्पर्धीलाई परास्त गर्ने एक घहत्वपूर्ण घटकको रुपमा हेरिन्छ।’

अध्ययनका अनुसार चीनले दक्षिण तथा मध्य एसियामा ठूलो लगानी गरेको छ, सैन्य कुटनीति बढाएको छ, चिनियाँ भाषा र संस्कृति सिकाउने संस्था खोलेको छ, संचारमाध्यम उत्तिकै छन्।

चीनले एसियामा लगानी गर्ने ९५ प्रतिशत आर्थिक सहायता ठूला पूर्वाधारमा खर्च गरेको अनुसन्धानमा देखिएको छ। अन्य पाँच प्रतिशत भने उसले मानवीय सहायतामा खर्च गर्ने गरेको छ।

चीनले मुख्य गरी पाकिस्तान र काजकस्तान लगानी गरेको देखिएको छ। दुवै देश चीनको बीआरआइ परियोजनामा समावेश राष्ट्र हुन्।

सन् २००४ देखि २०१७ सम्ममा चीनले दक्षिण एसिया तथा मध्य एसियाका पत्रकारलाई ६१ पटक चीनको भ्रमण गराइसकेको छ।

अध्ययनका अनुसार चीन पत्रकारहरुमार्फत आफूलाई लोकप्रिय बनाउन चाहन्छ र आफूमाथि लागेको आरोप र नकरात्मकता हटाउन चाहन्छ।

यद्यपी चीन आफ्नो योजनामा असफल भएको अध्ययनमा देखिएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad