कारोबार


कर्णालीका बालबालिकालाई झोला दिँदै मुख्यमन्त्रीले भनेः शिक्षामा लगानी बढाउनुपर्छ

कर्णालीका बालबालिकालाई झोला दिँदै मुख्यमन्त्रीले भनेः शिक्षामा लगानी बढाउनुपर्छ

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ९:३,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जाजरकोटको भेरी नगरपालिकाका करिब ४५ सय विद्यार्थीहरुलाई सुविधायुक्त जापानी झोला हस्तान्तरण गरेका छन्। रुपान्तरण नेपालको समन्वयमा यू मी नेपाल जापानले उपहारस्वरुप पठाएका जापानी झोलाहरु मुख्यमन्त्री शाहीले हस्तान्तरण गरेका हुन्।

जाजरकोटको भेरी नगरपालिकासंगको समन्वयमा आयोजित बिशेष कार्यक्रममा मुख्यमन्त्री शाहीले ४७ सामुदायिक बिद्यालायका ४ हजार ४ सय ५३ विद्यार्थीलाई जापानी झोला वितरण गरेको रुपान्तरण नेपालले जनाएको छ। मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती र रुपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले विद्यार्थीलाई झोला वितरण गरेका थिए।

कार्यक्रममा मुख्यमन्त्री शाहीले भविष्यका कर्णाधार र देशको भविष्य बोकेका बालबालिकालाई जापानमा बस्ने नेपालीहरुले गरेको सहयोगको प्रशंसा गरे। साना बालबालिकाको शिक्षामा लगानी बढाउनु भनेकै राष्ट्रका लागि सक्षम नागरिक तयार गर्न सहयोग गर्नु हो भन्दै मुख्यमन्त्री शाहीले आफुजस्तै मुख्यमन्त्री बन्ने लक्ष्य राखेर पढ्न विद्यार्थी भाईबहिनीलाई आग्रह गरे।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले आज बालबालिका जस्तो शिक्षा र सँस्कारमा हर्किन्छन् भोलीको देश र समाज पनि त्यस्तै बन्ने भएकाले यसतर्फ सरकार र समाज गम्भिर बन्नुपर्ने बताए ।

रुपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले कर्णालीको सामुदायिक विद्यालयमा अध्ययनरत भाइबहिनीले हातमा किताबको भारी बोक्नु नपरोस् भन्ने उद्देश्यले जापानमा बस्ने नेपाली बिद्यार्थीहरुले झोला उपहार पठाएको बताए।

अध्यक्ष शाहीले यू मी नेपाल जापानले कर्णाली प्रदेशका चार जिल्लाहरु जाजरकोट, सल्यान, दैलेख र कालिकोटका चार स्थानिय तहका सामुदायिक बिद्यलायमा अध्ययनरत १४ हजार ९ सय ९२ विद्यार्थी भाईबहिनीहरुका लागी उपहारस्वरुप झोला पठाएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad