ad ad

राजनीति


एक वर्षपछि बस्न लागेको नेकपा स्थायी समिति बैठकमा यस्ता छन् एजेन्डा

एक वर्षपछि बस्न लागेको नेकपा स्थायी समिति बैठकमा यस्ता छन् एजेन्डा

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ६:३०,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकका एजेन्डा तय गरेको छ।

राजनीतिक प्रतिवेदन पारित गर्ने, सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेगरी विधान संशोधन गर्ने, केन्द्रीय कमिटिको अर्को बैठकको मिति तोक्ने र नेपाल भारत सीमा समस्या लगायतका विषयमा छलफल स्थायी समितिमा छलफल हुनेछ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले स्थायी समिति बैठकका एजेन्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित थिए। बालुवाटारमै बैठक राखेकोले प्रधानमन्त्री सहभागी बनेको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमै स्थायी समिति एजेन्डा तय गरिएको हो। त्यसलाई सचिवालय बैठकले अनुमोदन गरेको हो।

एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठक आइतबार दिउँसो १ बजे  पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .