ad ad

राजनीति


प्रचण्डको सचिवालयले भन्यो– बाँडफाँट टुंगियो, दोहोरो दाबी शीर्ष नेताले टुंगाउने

प्रचण्डको सचिवालयले भन्यो– बाँडफाँट टुंगियो, दोहोरो दाबी शीर्ष नेताले टुंगाउने

प्रचण्डका स्वकीय सचिव रमेश मल्ल।


नेपालखबर
असोज १३, २०७९ बिहिबार २२:४६, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको बाँडफाँट टुंग्याएका छन्। सत्ता गठबन्धनले लामो समयदेखिको बैठक र गृहकार्यपछि निर्वाचन क्षेत्रको टुंगो लगाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको छ।

प्रचण्डका स्वकीय सचिव समेत रहेका सल्यानका नेता रमेश मल्लका अनुसार केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दाबेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइने छ। 

‘लामो गृहकार्य र बैठकपछि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गठबन्धन दलहरूबीच निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको छ,’ मल्लले भनेका छन्, ‘केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दाबेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइनेछ।’

बुधबार मध्यरातीसम्म गठबन्धनमा कांग्रेसले ८४, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति जुटेको भनिएको थियो। 

तर १६५ मध्ये ९ निर्वाचन क्षेत्रमा दलहरुले दोहोरो दाबी गरेका कारण तालमेल टुंगिन बाँकी रहेको थियो। 

गठबन्धनबीच नेपाली कांग्रेसले ८५ वा ८६, नेकपा माओवादी केन्द्रले ४५ वा ४६, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा) नेपालले १५ र राष्ट्रिय जनमोर्चाले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र पाउने सहमति जुटेको छ।

जसमध्ये अछाम–१, बारा–४, धादिङ–१, सल्यान, नवलपरासी पश्चिम, रुपन्देही–१, धनुषा–३, महोत्तरी–३ र दैलेख–१ मा दलहरुले दोहोरो दाबी गरिरहेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा पटक पटक बसेको बैठकपछि सत्तारुढ गठबन्धनका नेताहरु सहमतिको बिन्दुमा भने पुग्न सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .