राजनीति


कांग्रेसले ल्याएको दोस्रो प्रस्तावले जसपा र समाजवादी असन्तुष्ट, आज पनि भएन सहमति

जसपा र एकीकृत समाजवादीको चित्त नबुझेपछि बसेन बैठक
कांग्रेसले ल्याएको दोस्रो प्रस्तावले जसपा र समाजवादी असन्तुष्ट, आज पनि भएन सहमति

फाइल तस्बिर


नेपालखबर
असोज १३ , काठमाडौँ

सत्तारुढ दलभित्र सिटसंख्या बाँडफाँटमा फेरि समस्या देखिएको छ।

आजको बैठकमा कार्यदल संयोजक कृष्ण सिटौलाले पहिला पेस गरिएको भन्दा कम संख्या प्रस्ताव गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टीले असहमति जनाएपछि बिहीबारको निर्णायक बैठक बस्न नसकी उठेको एक नेताले बताए।

‘आजको बैठकमा संयोजक कृष्ण सिटौलाले पहिला भनेको भन्दा पनि कम सिट हामीलाई दिनेगरी प्रस्ताव ल्याउनुभयो,’ एकीकृत समाजवादीका ती नेताले नेपालखबरसँग भने, ‘हिजोसम्म एउटा थियो, आज अर्कै ल्याएपछि सहमती भएन। कांग्रेसको दोस्रो प्रस्तावले जसपा र एकीकृत समाजवादीको चित्त बुझेन अनि बैठक बसेन।’

कांग्रेस र माओवादी दुवै पार्टीले पहिले दाबी गरेका स्थान आफैँले राखेर प्रस्ताव ल्याए। जसअनुसार कांग्रेस ८७ र माओवादी ५३ पुर्‍याए, विवाद रहेका क्षेत्र पनि उनीहरूकै बनाएर ल्याएपछि मिल्ने कुरै भएन,’ ती नेताले थपे।

बुधबार मध्यरातीसम्म गठबन्धनमा कांग्रेसले ८४, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति जुटेको भनिएको थियो। 

अब फेरि शुक्रबार बैठक बस्ने निर्णय भएको छ।

असोज १३, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.