ad ad

राजनीति


एमालेमै फर्किए कर्णालीमा फ्लोर क्रस गरेका नन्दसिंह बुढा

भन्छन् : समाजवादीको कुनै भविष्य देखिनँ
एमालेमै फर्किए कर्णालीमा फ्लोर क्रस गरेका नन्दसिंह बुढा

समाजवादी नेता नन्दसिंह बुढालाई एमालेमा स्वागत गर्दै महासचिव शंकर पोखरेल


नेपालखबर
असोज १३, २०७९ बिहिबार १५:५१, काठमाडौँ

तत्कालीन अवस्थामा नेकपा एमालेमा देखिएको विवादका क्रममा कर्णाली प्रदेशमा फ्लोर क्रस गरेकामध्ये एकजनाले एकीकृत समाजवादी पार्टी छाडेका छन्। 

एमालेबाट फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका नन्दसिंह बुढा पुरानै पार्टीमा फर्किएका हुन्। 

फ्लोर क्रस गरेर मन्त्रीबनेका नेकपा (एकीकृत समाजवादी) का नेता नन्दसिंह बुढालाई बिहीबार एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे। 

नेपालखबरसँगको कुराकानीका क्रममा बुढाले आफू पुरानै घरमा फर्किएको बताए। 

समाजवादीका अधिकांश नेतालाई एमाले भएको आरोप डोल्पामा लाग्ने गरेको थियो। बुढाले आफू कुनै लोभमा परेर पार्टीमा नफर्किएको बताएका छन्। 

'म कुनै लोभमा परेर एमालेमा फर्किएको होइन। एकीकृत समाजवादीको कुनै राजनीतिक भविष्य मैले देखिनँ', उनले भने, 'म पुरानै पार्टीमा फर्किएको छु। मलाई पार्टीले टिकट दिए पनि नदिए पनि अबको चुनावमा म जिताउन लाग्छु।'

तर स्रोतले प्रदेशसभाको टिकट दिने प्रतिवद्धता एमाले महासचिव शंकर पोखरेलले जनाएपछि उनी फर्किएको जनाएको छ। डोल्पामा समाजवादीका गतिविधिमा बुढाले एकलौटी गरेको आरोप थियो। त्यहीकारण अर्का नेता हंसबहादुर शाही आक्रोशित थिए। 

बुढा नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष थिए। उनलाई माधव नेपालले केन्द्रीय सदस्यको जिम्मेवारी पनि दिएका थिए। 

तत्कालीन अवस्थमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूले कर्णालीमा‘फ्लोर क्रस’ गरेका थिए।

त्यसबेला सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीले पार्टीको ह्वीप तोडेर मत माओवादीका मुख्यमन्त्रीको पक्षमा मत दिएका थिए। 

त्यसपछि एमालेले सचिवालयमा दर्ता गराएको दल त्यागसम्बन्धी सूचना सुनाउँदै सभामुख शाहीले चार सांसदको पद रिक्त भएको घोषणा गरेका थिए। 

त्यसबेला दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘ख’बाट प्रत्यक्ष निर्वाचित सांसद अम्मरबहादुर थापा, कालीकोट ‘क’बाट कुर्मराज शाही, डोल्पा ‘क’बाट नन्दसिंह बुढा, सल्यान एक ‘ख’बाट प्रकाश ज्वाला पदमुक्त भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .