राजनीति


राष्ट्रपतिबारे गृहमन्त्रीको आक्रोश : नागरिकता विधेयक रोकेर संविधानमाथि आक्रमण भयो

राष्ट्रपतिबारे गृहमन्त्रीको आक्रोश : नागरिकता विधेयक रोकेर संविधानमाथि आक्रमण भयो

सुदीप भण्डारी
असोज १० , बुटवल

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण भएको बताएका छन्। 

जसले संविधानको पालना र संरक्षण गर्नुपर्ने हो, उसैबाट संविधानमाथि अतिक्रमण हुनु दु:खद भएको तर्क उनले गरेका छन्। 

रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालयको पाँचौ स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा मन्त्री खाणले राष्ट्रपतिको नाम नलिइ विधेयक प्रमाणित नगरेर असंवैधानिक कदम चालिएको बताए। 

‘नेपाली नागरिकलाई अनागरिक बनाउनेप्रतिको उत्तरदायित्व छैन? यो संविधानमाथिको अतिक्रमण होइन, गैर संवैधानिक होइन?’, उनले प्रश्न गरे, ‘जब संविधानको पालना र संरक्षण गर्नुपर्ने पदाधिकारीबाट संविधानमा अतिक्रमण हुन्छ भने त्यो देशमा सुशासन ल्याउन कति गाह्रो होला हामीलाई?’

मन्त्री खाणले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाएर बैंक खाता खोल्न, सिमकार्ड किन्न, व्यवसाय गर्न नपाइरहेको र अवस्था विकराल भएकोले सरकारले विधेयक ल्याएको जिकिर गरे। 

उनले संविधान, विधि र कानुनको पालना भएन भने मुलुकमा सुशासन हुन नसक्ने बताएका छन्। 

गृहमन्त्री खाणले सबैको सहयोगले स्थानीय निर्वाचन सम्पन्न भएको भन्दै उनले अब मंसिर ४ गतेको चुनाव पनि भयरहित तरिकाले सम्पन्न हुने विश्वास व्यक्त गरे। 

‘पर्याप्त साधन श्रोत नभए पनि चुनावी सुरक्षा दिनुपरेको उनले उल्लेख गरे।

'नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सवारी साधन छैन। सूचनाको मेसिनरी इक्युमिन्ट पनि छैन। निजी मोबाइलाई नै प्रयोग गरेर चुनावमा शान्ति सुरक्षा दिनुपरेको छ,’ उनले भने, ‘अब ४ मा हुने आमनिर्वाचनमा पनि स्वतन्त्र निष्पक्ष भयरहित र सम्मानजनक सम्पन्न गर्न सरकार प्रतिवद्ध छ।’  

खाणले खर्च र सुरक्षाको दृष्टिले यो पटक पनि एकै चरणमा निर्वाचन गर्न लागिएको बताएका छन्। 

असोज १०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad