राजनीति


माधव नेपाललाई मुकुन्द न्यौपानेको प्रश्न : ओलीसँगको विद्रोह केही थान पदका लागि थियो?

माधव नेपाललाई मुकुन्द न्यौपानेको प्रश्न : ओलीसँगको विद्रोह केही थान पदका लागि थियो?

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०७९ आइतबार १६:४६, काठमाडौँ

एक वर्षअघि नेकपा एमाले फुटाएर बनाएको नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि चुलिँदै गएको छ।

समाजवादीका कार्यकर्तादेखि शीर्ष नेताहरुले नै अध्यक्ष माधवकुमार नेपालको नेतृत्व र भूमिकालाई लिएर एकपछि अर्को प्रश्न उठाउन थालेका छन्। 

समाजवादीमा नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा रहेका नेता मुकुन्द न्यौपानेले अध्यक्षको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। 

तेस्रो वरीयतामा रहे पनि न्यौपानेले 'नेतालाई कार्यकर्ताको प्रश्न', शीर्षक राखेर अध्यक्ष नेपालमाथि एमाले फुटाउनको औचित्यबारे सोधेका हुन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह गरेर बनाइएको नयाँ पार्टी झनै लथालिङ्ग भएको पनि जिकिर गरेका छन्। 

'केपी ओलीका प्रवृत्तिविरुद्ध विद्रोह गरौँ भन्ने अनि आफूले पार्टी संचालन कमिटी परिचालन विधि र पद्धतिमा केपी ओलीभन्दा निम्नस्तरमा झरेर विधि पद्धतिको उल्लङ्घन गर्ने हो भने त्यस्तोमा कार्यकर्ताले  के गर्ने?', उनले सोधेका छन्. 'हाम्रो विद्रोह प्रवृत्तिकाविरुद्ध थियो कि ब्यक्तिगत पद प्राप्तिका लागि लागि थियो?' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .