राजनीति


शंकर पोखरेल भन्छन् : मुलुक ओलीको नेतृत्वमा अगाडि बढाउने कि देउवा? मंसिर ४ जनमत संग्रह

शंकर पोखरेल भन्छन् : मुलुक ओलीको नेतृत्वमा अगाडि बढाउने कि देउवा? मंसिर ४ जनमत संग्रह

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १७:५२, काठमाडौँ

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मंसिर ४ गते हुने आम निर्वाचन केपी ओली वा शेरबहादुर देउवामध्ये कसको नेतृत्व रोज्ने जनमत संग्रह भएको बताएका छन्। 

पार्टी निकट युवासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन दलसँग भविष्यमा कसले नेतृत्व गर्ने भन्ने खाका नै नभएको दाबी गरे। 

उनले एमालेले अध्यक्ष ओलीलाई सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको बताए। 

‘गठबन्धनको कुनै लक्ष्य छैन। कुनै उद्देश्य छैन। कसले नेतृत्व गर्ने भन्ने योजना छैन’ पोखरेलले भने, ‘तर, एमालेसँग स्पष्ट नीति छ, स्पष्ट उद्देश्य र नेतृत्व छ। अध्यक्ष कमरेड केपी ओलीलाई भावि प्रधानमन्त्रीको रुपमा अघि सार्दा कुनै विमती छैन।’

उनले ओलीले नेपालको जमिनमा मात्रै नभइ आकाशमा समेत सार्वभौमिकताको वकालत गरेको बताए। 

पोखरेलले भूपरिवेष्ठित देशका लागि समुन्द्रमा अधिकार हुनुपर्छ भन्ने कुरा पनि पहिलोचोटी ओलीले नै स्थापित गरेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .