नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले खनाललाई पार्टी प्रवेश गराएका हुन्।
उनले आफू एमालेमा प्रवेश गर्न पाउँदा हर्षविभोर भएको बताए। ‘आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसीले हर्षविभोर छु,’ खनालले पार्टी प्रवेश गर्ने क्रममा भनेका छन्।
उनले अध्यक्ष ओलीको शीतल छाहरी पाउने आशा आफूले लिएको पनि बताए।
खनाल नेपाल प्रहरी प्रमुख प्रमुख हुँदा पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’मा संलग्न भएको आरोप लागेको थियो।
तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले आफूहरूको पार्टी फुटाउन ओलीकै योजनामा नेता यादवको ‘अपहरण’ गरिएको आरोप लगाएका थिए।

Shares

प्रतिक्रिया