ad ad

राजनीति


राष्ट्रपतिलाई नेविसंघका अध्यक्ष शेर्पाको चेतावनी : मंसिर ४ पछि जनताले तपाईंसँग हिसाब खोज्ने छन्

राष्ट्रपतिलाई नेविसंघका अध्यक्ष शेर्पाको चेतावनी : मंसिर ४ पछि जनताले तपाईंसँग हिसाब खोज्ने छन्

नेपालखबर
असोज ५, २०७९ बुधबार ११:२०, काठमाडौँ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले आगामी मंसिर ४ पछि जनताले राष्ट्रपति विद्यादेवी भण्डारीसँग हिसाब खोज्ने बताएका छन्। 

संसदबाट दोस्रोपटक पारित भएको नागकिता विधेयक प्रमाणीकरण नभएपछि उनले आसन्न प्रादेशिक र संघीय निर्वाचनपछि जनताले राष्ट्रपति भण्डारीसँग हिसाब खोज्ने बताएका हुन्। 

अध्यक्ष शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति भण्डारीले अघिल्लो सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याउँदा प्रमाणीकरण गरेको र अहिले संविधानविपरीत प्रमाणीकरण नगरेको स्मरण गराएका छन्। 

‘ओलीले ल्याएका नागरिकतासम्बन्धी अध्यादेशमा चुपचाप लाहाछाप अनि अहिले सार्वभौम संसदले गरेको निर्णयमा संविधान मिचेर प्रमाणीकरण नगर्ने’, उनले प्रश्न गर्दै लेखेको छन्, ‘राष्ट्रपतिज्यू बन्द गर्नुस् नौटंकी। मंसिर ४ पछि तपाईंसँग जनताले हिसाब खोज्नेछन्।’

कांग्रेस नेतृत्वको सरकार हुँदा मदन भण्डारीका हत्यारा पत्ता नलगाएको भन्दै छोरीहरूलाई रुवाबासी गर्न लगाएको टिप्पणी गर्दै शेर्पाले आफैं दुई–दुईपटक राष्ट्रपति हुँदा छोरीहरूको रुवाबासी सम्बोधन किन नगरेको भनेर समेत प्रश्न गरेका छन्।

‘नेपाली कांग्रेसको नेतृत्वको सरकार हुँदा मदन भण्डारीको हत्यारा पत्ता नलगाएको भन्दै छोरीहरूलाई रुवाबासी गराउनुभयो’, उनले भनेका छन्, ‘आफैं दुई–दुईपटक राष्ट्रपति र अनन्य मित्र केपी ओली प्रधानमन्त्री हुँदा खै मदन भण्डारीको हत्यारा?, किन सम्बोधन गर्नुभएन आफ्नै छोरीहरूको रुवाबासी?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .