राजनीति


नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्दा संसदीय मर्यादाको खिल्ली उड्यो : उपेन्द्र यादव

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्दा संसदीय मर्यादाको खिल्ली उड्यो : उपेन्द्र यादव

नेपालखबर
असोज १, २०७९ शनिबार १६:०, काठमाडौँ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई–दुई पटक संसदले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा संसदीय मर्यादाको खिल्ली उडेको टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभाको बैठक सम्बोधन गर्दै उनले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्दा संसदीय मर्यादाको खिल्ली उडेको टिप्पणी गरेका हुन्। 

दोस्रो पटक दुवै सदनको बहुमतले पारित गरेपछि विधेयक स्वतः ऐनको रुप निर्धारण हुने अन्तराष्ट्रिय अभ्यास भए पनि नेपालमा लागू नहुँदा संसदीय मर्यादाको खिल्ली उडेको यादवको भनाइ थियो।  

‘दोस्रो पटक दुवै सदनको बहुमतले पारित गरेपछि त्यो स्वतः ऐनको रुप निर्धारण गर्ने अन्तराष्ट्रिय प्र्याक्टिसहरु छ,’ अध्यक्ष यादवले भने, ‘तर, नेपालमा किन भएन। सरकारले सोच्न पर्दछ। कुनै पनि पार्लियामेन्टले दोहोर्याएर पारित गरिसकेपछि त्यो स्वतः ऐनको रुप लिन्छ। त्यो नहुनुले संसदीय मर्यादा नै खिल्ली उडेको छ।’  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याउँदा क्षणभरमै प्रमाणीकरण भएको अध्यादेशलाई हुबहु विधेयकका रुपमा वर्तमान सरकारले ल्याउँदा संसदमै फिर्ता भएको प्रति उनले आपत्ति जनाए।  

‘अध्यादेश जारी हुँदा सम्माननिय राष्ट्रपतिज्यूबाट अध्यादेश पारित हुन्छ एकैछिनमा,’ अध्यक्ष यादवले भने, ‘त्यही अध्यादेश, सेम ल्यांग्वेज, सेम वर्ड संसदबाट दुई पटकसम्म पारित भइसक्दा पारित नहुने। एक पटक फिर्ता आउने?’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad