टुकुचा नदी खोज्न डोजर चलाइरहेका मेयर बालेन्द्र शाहले पूर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा तयार भएको प्रतिवेदनको आधारमा काम अघि बढाएको पाइएको छ।
सहरी विकास मन्त्रालयले दुई वर्षअघि तयार पारेको प्रतिवेदन एमाले नेतृत्वको काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा नल्याएपछि अहिले यसको जस बालेन्द्र शाहले लिएका छन्।
नेपाल सरकार, सहरी विकास मन्त्रालय तथा बागमती सभ्यता विकास समितिले आजभन्दा दुई वर्ष अगाडि नै टुकुचा खोलाको अध्ययन गरी विस्तृत प्रतिवेदन तयार गरेको थियो। आजभन्दा ठीक दुई वर्षअगाडि सन् २०२० सेप्टेम्बर १५ मा सरकारले ‘बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सि’मार्फत अध्ययन सम्पन्न गरी ८० पृष्ठको प्रतिवेदन तयार पारेको हो।
तर टुकुचासम्बन्धी यो प्रतिवेदन तत्कालीन मेयर शाक्यले कार्यान्वयनमा नल्याई दुई वर्षसम्म यत्तिकै थन्किएको थियो।
अहिले काठमाडौंको मेयरमा बालेन्द्र शाह निर्वाचित भएसँगै उनले डोजर लगाउन सुरु गरेका हुन्।
प्रतिवेदनमा टुकुचा खोला करिडोर ब्यवस्थापन आयोजनाको पूर्वसंभाव्यता अध्ययन प्रारम्भिक डिजाइन, स्टिमेट, बिजुलीको ब्यवस्था एवं पार्किङ क्षेत्रसम्बन्धी अध्ययन गरिएको छ।
प्रतिवेदनमा महानगरपालिकाको चण्डोलदेखि बागमती संगम (थापाथली) सम्म टुकुचा नदीको दुवै किनारलाई ब्यवस्थित गर्ने प्रस्ताव गरिएको छ।
हेर्नुस् प्रतिवेदनको पूर्णपाठः
Shares
प्रतिक्रिया